घटनास्थलमा भित्री बस्त्र र कार छाडेर भागे आरोपित
उदयपुर । उदयपुरकी १९ वर्षीया एक किशारी सुनसरीको इटहरीमा बलात्कृत भएकी छन् । सदरमुकाम गाईघाट गाईघाट घर भई हाल धरानमा डेरा लिएर बस्दै आएकी ति किशोरीमाथि धरान हुँदै इटहरी पुर्याएर जवरजस्तीकरणी भएको हो । प्रहरीमा प्राप्त जाहेरी अनुसार इटहरीस्थित होटल बरण्डामा घटना भएको हो । आफूलाई तपन भनिने तपेन्द्र थापाले बलात्कार गरेको किटानीसहित ति युवतिले इलाका प्रहरी कार्यालय इटहरीमा बिहीबार उजुरी दिएकी छन् । गत बुधबार राती होटलको ८०१ नम्बर कोठामा आफूलाई जवरजस्ती गरी थापा फरार भएको उजुरीमा उल्लेख छ ।
तीन महिनाअघि मात्र अमेरिकाबाट नेपाल घुम्न आएका थापाले किशोरीलाई बागमती प्रदेश ०१–बा २८ च ६७५३ नम्बरको एमजी इलेक्ट्रोनिक्स गाडीमा राखेर ईटहरी ल्याएको स्रोतको भनाई छ । पीडित किशोरी पारिवारिक समस्यामा समेत रहेको अवस्थामा बुधबार राति धरानको एमएस क्लब अगाडि उभिएको बेला थापासँग चिनजान भएको थियो । लगत्तै थापाले किशोरीलाई सहयोग गर्ने आस्वासन देखाएर इटहरी पुर्याएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतको भनाई छ ।
किशोरीको बयान अनुसार उनलाई इटहरी ल्याइदै गरेको गाडीमा उनीसहित ५ जना चढेका थिए । तर, ३ जना भने सोल्टी वेस्टन होटल अगाडि ओलिएपछि आफै गाडी चलाईरहेका थापा र ति किशोरी इटहरीकै चर्चित होटल बरन्डा पुगेका थिए । पीडित किशोरीको बयाँन अनुसार होटलको सीसी क्यामेरामा रेकर्ड भएको फुटेजमा समेत आरोपित थापा र पीडितसँगै पुगेको देखिएको छ ।
इटहरीबाट सँगै आएर सोल्टी वेस्टन होटल अगाडि ओर्लीने ३ जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । बरण्डा होटल संचालकका अनुसार कोठा बुक गर्दा सुरुमा थापाले आफ्नो नाम श्रीलज पराजुली लेखेका थिए । तर त्यसलाई मेटेर तपन लेखेका थिए । घटनास्थलबाट आरोपित थापाको भित्री बस्त्र र गाडी सवुत घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि आरोपित थापा रातीनै भागेका थिए । थापाले किशोरीलाई धरानदेखि इटहरी ल्याउन प्रयोग गरेको गाडी इटहरी पश्चिम लाइनस्थित बुलेट बाइक शोरूमका सञ्चालक रोहित पराजुलीको भएको प्रहरी अनुशन्धानले देखाएको छ । तपेन्द्रलाई नियन्त्रणमा लिन जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपनि पक्राउ परेका छैनन् ।