कटारी । उदयपुरमा साहराबिहीन सर्वसाधरणलाई लक्षित गरी खाद्य तथा जिन्सी वैंक संञ्चालनमा आएको छ । जिल्लाको कटारी नगरपालिका ३ नम्बर वडा कार्यालयले खाद्य तथा जिन्सी दुवै संकलन तथा बितरण हुने गरी बैंक सुरुवात गरेको हो ।

मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्काले रिबन काटेर उदघाटन गरेको बैंक खाना र नाना अभावमा छटपटिएकाहरुको साहरा बन्ने बताइएको छ । ‘कसैले नांगै वस्न नपरोस र कसैले भोकै पनि वस्न नपरोस’ उद्घाटन गर्दै मेयर श्रेष्ठले भने, ‘आम नागरिकको साथ सहयोगबाट मात्र यो सम्भव छ ।’ वडाध्यक्ष पुष्कर खड्काले बैंक नियमित संञ्चालनका लागि सवै निकायसँग सहयोग समेत मागेका छन् । कपडा वैंकबाट सुरु गरिएको वैंकमा खाद्यान्न, वेवारिसे शव जलाउन दाउरालगायत दैनिक उपभोग्य सामग्रीहरु समेत संकलन गर्दै जाने वैंक संञ्चालन व्यवस्थापन समितिका अध्यक्ष धुव्रसिंह कार्कीले जानकारी दिए ।

घरमा सम्पन्न हुनेले दिने र नहुनेले लिने गरी संचालनमा ल्याइएको बैंकमा लगाउन मिल्ने कपडाहरु उपलब्ध गराउने र नहुनेले एकपटकमा एकजोर कपडा छानेर लैजान सकिने छ । बैंकमा दाताहरुले ल्याएको लगाउन मिल्ने कपडा धुने, सिलाउने र आईरन लगाएर चिरिच्याट्ट पार्ने व्यवस्था पनि गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)