उदयपुर । देश बाहीरका बिभिन्न शैक्षिक गन्तव्यतर्फ जान चाहनेहरुलाई लक्षित गरी उदयपुर सदरमुकाम गाईघाटमा युरो एसिया एजुकेशन कन्सलटेन्सी प्रालिले शाखा बिस्तार गरेको छ । बिगत १८ वर्षदेखि युरोपसँगै बिभिन्न आधादर्जन बढी विकसित देशहरुमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई उत्कृष्ट परामर्श प्रदान गर्दै आएको युरो एसियाले गाईघाटमा सातौँ शाखा संचालनमा ल्याएको हो ।
पिपलचोकदेखि पूर्व बिजी प्लाजामा अवस्थित शाखा कार्यालय आज एक कार्यक्रमबीच कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभएको हो । युरो एसिया गाईघाट शाखा प्रबन्ध निर्देशक तुलसी चौलागाईका अनुसार युरोपका सबै मुलुकसँगै अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान साउथ कोरिया र न्यूजल्याण्डलगायतको देशमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श दिइनेछ । यसका लागि आईएलटिएस पिटिई सँगै जापान र कोरियाका लागि भाषा कक्षाहरु समेत संचालन हुने शाखा प्रबन्धक सिंह राईले जानकारी दिनुभयो ।
गाईघाटमा शाखा स्थापनासँगै अब विदेश पढ्न जानेहरुले तयारीका लागि काठमाडौं, बिराटनगर, पोखराजस्ता ठूला सहरहरुमा महंगो शुल्क तिरेर धाउनुपर्ने बाध्यता अन्त्य भएको प्रबन्ध निर्देशक चौलागाईले बताउनुभयो । नेपालबाट उच्च शिक्षाका लागि देशबाहीर जाने लहर चलीरहेको बेला गाईघाट बजारमा संचालन भएको शाखाबाट उदयपुरसँगै खोटाङ, ओखलढुंगा, भोजपुर, सिराह र सुनसरीका केही भूभागका सर्वसाधरणले समेत सेवा लिनसक्ने प्रोप्राईटर सूर्य डाँगीको दावी छ ।