उदयपुर । उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापा काजमा सरुवा भएका छन् । थापासहित अन्य चार जना प्रहरी उपरीक्षकको काजमा सरुवा भएको हो । उदयपुरबाट बिदा भएलगतै थापाले अन्वेषण, योजना तथा विकास निर्दशनालय नक्सालमा नयाँ जिम्मेवारी पाएका छन् । २०८० भदौ १७ गृह मन्त्रालयले ४८ जना एसपीको सरुवा गर्दा थापा उदयपुर परेका थिए ।

एसपी थापाले उदयपुरका करिब ११ महिना कार्यकाल बिताएका छन् । कार्यकालको सुरुवातदेखि नै विशेषत लागुऔषध, अपराध र वर्षौदेखि थन्किएका पुराना मुद्धाका फाईलहरुमा केन्द्रित भएका उदयपुर प्रहरी प्रमुख थापाले तुलनात्मक रुपमा उत्कृष्ट कार्यसम्पादन गरेको देखिन्छ । थापाकै नेतृत्वकालमा जिल्लामै पहिलो पटक एकै दिन २३ जना बिभिन्न अपराधमा अदालतबाट दोषि ठहर भई फरार रहेकाहरु समेत पक्राउ परेका थिए । यो संख्यालाई २४ घण्टाभित्र सबैभन्दा धेरै फरार समातिएको घटनाका रुपमा हेर्ने गरिएको छ ।

जिल्लामा लागुऔषध कारोवार हुने सम्भावित क्षेत्रमा नियमित जनचेतनामूलक कार्यक्रम, प्रयोगकर्ता अधिक रहेको क्षेत्रमा संलग्नहरुलाई प्रत्यक्ष परामर्श अभियानसँगै प्रभावकारिताका लागि नियमित ‘फलोअप’सहित अभियानलाई प्राथमिकता दिएका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय बाह्य भौतिक आकर्षणसँगै पछिल्लो समय ‘लाईब्रेरी’ समेत स्थापना गरेका थिए । जहाँ चियाको चुस्कीसँगै प्रहरी कार्यालय परिसरमा सुबिधासम्पन्न पुस्तकालयमा बसेर पुस्तक पढ्न सकिने व्यवस्था छ ।

उदयपुरमा नयाँ प्रहरी प्रमुखको रुपमा हरिहरनाथ योगी आउने भएका छन् । उनी बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)