उदयपुर, असोज ११ ।
नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीको रचनामा यो वर्षको दशैं विशेष गीत सार्वजनिक भएको छ । प्रहरी केन्द्रिय प्रवक्तासमेत रहेका कार्कीको शव्दमा चर्चित गायक राजेशपायल राई र मेलीना राईद्धारा स्वरबद्ध ‘दशैं रमाईलो’ बोलको गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको हो ।

आरटी इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत डिजिटल संगीत बजारमा ल्याइएको म्यूजिक भिडियोमा अहिलेकी लोकप्रिय नायिका प्रियंका कार्की र दीपाश्री निरौलासँगै सरोज वलीले पनि अभिनय गरेका छन् । जेरी भण्डारीले निर्देशन गरेको दृष्य सज्जाका लागि करणसिंह चईसर, रेनिश फागो, ओम खड्काको भूमिका रहेको छ भने सम्पादन भुपेन्द्र अधिकारीले गरेका हुन् । दिपक शर्माको संगीत रहेको गीत कमल थापामगर र गोबिन्द अनेकले रेकर्ड गरेका हुन् भने श्यामस्वेत रसाईलीले एरेन्ज गरेका छन् ।

त्यस्तै प्रोडक्सन म्यानेजर विष्णु बुढाथोकी र लाईन् प्रोड्युसरको भूमिकामा सैलेश खत्री रहेका छन् । श्रव्य, दृष्य उत्पादनको क्रममा नविना खत्री (कार्की) श्रवणकुमार गोयल, ओमप्रकाश अग्रवाल, सुमित्रा थापा र शंक्र अक्सीजन ग्यास प्रालिलगायतको विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।

दुई हप्ताअघि मात्र डिआईजी कार्कीकै शव्द रहेको नागरिकप्रति प्रहरी सेवा झल्कने गीत ‘फूलको बास्ना सरी’ सार्वजनिक भएको थियो । राजेशपायल राई र मेलिना राईद्धारा स्वरबद्ध सो गीतमा नायक रमेश उप्रेती, नायीका प्रियंका कार्की र प्रकाश सपुतले अभिनय गरेका छन् । जसलाई हालसम्म दुई लाख बढीले हेरिसकेका छन् ।

भिडियो हेर्नुहोस् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)