उदयपुर । प्रतिबन्धित लागुऔषध गाँजा प्रयोगकर्ता र कारवारीको ठूलो संख्या भएको जिल्लामध्ये उदयपुर पनि हो । जिल्लाभित्र र जिल्लाको बिभिन्न भूभाग प्रयोग गर्दै हुने कारोवारी सेटिङलाई निमिट्यान्न पर्न प्रहरीले कडा कारवाही जारी राखेसँगै तस्करीमा संलग्नहरुले नयाँ नयाँ तरिका अपनाउन थालका छन् ।

स्थलगत या सवारीसाधनबाट ओसारपसार गर्दा प्रहरी र सूराकीको निशानामा परिने भएपछि कारोवारीहरुले सप्तकोशी नदीलाई माध्यम बनाएको तथ्य फेला परेको छ । सोमबार एकाविहानै उदयपुरको बेलका नगरपालिका ८ कोठु र सुनसरी सीमा क्षेत्र सप्तकोशी (चतारा पुल) नजिकै नदीमा तैरीरहेको अवस्थामा ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेपछि रहस्य बाहिरिएको हो ।

सप्तकोशी किनारामा तैरीरहेको अवस्थामा केही पोका पारिएको वस्तु जस्तै देखिएपछि शंका लागेर प्रहरी गएर हेर्दा गाँजा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बरामद गाँजाको तौल अन्दाजी १ सय ८० किलो रहेको छ ।

एकाबिहानै करिब २ बज्दै लाग्दा गाडीको टायरभित्रको ट्युबमा ६ पोका प्लास्टिकभित्र सिल गरिएको गाँजा भेटिएको थियो । स्रोतका अनुसार गाँजा उत्पादन भएको पहाडी भूभागबाट पैदल बोकेर या गाडीबाट ल्याउदा प्रहरीबाट पक्राउ पर्ने डरले ट्युबले तैराउदै नदीकोबाट बिक्रीका लागि लैजादै गरिएको हुनसक्ने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) हरिहर नाथ योगीले भने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जानकारी दिए । बरामद गरिएको गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने घटनासँग संलग्न व्यक्तिहरुको खोजीलाई अगाडि बढाइएको छ । कोशीमा बगाएरै ओसारपसार गर्ने सो कारोवारी समूहको भने पहिचान र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उदयपुर बिभिन्न लागुऔषध कारोवार र प्रयोगकर्ताको जक्सनको रुपमा देखापर्न थालेको छ । केही महिनायता दिनहुँ लागुऔषध कारवारी र प्रयोगकर्ता समातिन थालेपछि अभिभावकहरु चिन्तित बनेका छन् भने प्रहरीलाई पनि नियन्त्रण तथा न्यूनीकरणका लागि चुनौति देखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)