उदयपुर, कात्तिक ३ ।
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मापन भएको छ । चाँडबाड भित्रिएसँगै दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको भाउ हालसम्मकै सबैभन्दा बढी कारोवार भएको रेकर्ड दर्ज नभएको हो ।
शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघ उदयपुरले जनाएक्ँे छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।
तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय पुगेको छ । अघिल्लो दिन मात्र प्रतितोला १३ सय ९५ रुपैयाँ कायम थियो ।