उदयपुर, माघ २२ ।
स्थानीय व्यवसायिक प्रबर्धनका लागि आयोजित उदयपुर एक्सपो– २०८० सोमवार सकिएको छ । गाईघाट नजिकै त्रियुगा नदी किनारामा १२ दिनसम्म संचालन भएको एक्सपो स्थानीय तथा देशका बिभिन्न भागबाट आएका व्यवसायीहरुको सहभागीतामा सफलतापूर्वक सम्पन्न भएको हो ।

माघ ११ देखि सुरु भई १४ गतेबाट औपचारिक रुपमा उद्घाटन भएको एक्सपोमा हजारौँ सर्वसाधरणले अवलोकन गरेको मेला महोत्सव व्यवस्थापन समितिका संयोजक प्रदीप देउजाले जानकारी दिए । जिल्ला उद्योग बाणिज्य संघ गाईघाटले आयोजना संचालित मेलामा स्थानीय व्यपारी, व्यवसायीहरुका लागि विशेष प्राथमिकतासहित स्टलहरुको व्यवस्था गरिएको थियो । त्यस्तै अन्य बिभिन्न जिल्लाबाट आएका व्यपार व्यवसायीहरुले समेत स्टलको लाभ लिएका थिए ।

मेलामा स्थानीय बिभिन्न जातिय परिकार, खेलकुद, मनोरञ्जन र व्यपारलाई बिशेष प्राथामिकता दिईएको थियो । दुई दर्जनबढी राष्ट्रिय कलकारहरुलाई मेलामा प्रत्यक्ष सहभागी गराई दर्शकहरुलाई मनोरञ्जनमा सहभागी गराइएको थियो । त्यस्तै राष्ट्रिय कलाकारहरुमार्फत स्थानीय पहिचानमा समेत टेवा पुगेको आयोजकले जनाएको छ ।

एक्सपो समापन समारोहमा प्रमुख आथितिको हैसियतमा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर बिश्वकर्माले स्थानीय उत्पादन, व्यपार, व्यवसायलाई टेवा पुग्ने गरी आयोजना भएको एक्सपोले थप व्यवसायिक प्रबन्धमा टेवा पुगेको बताए । एक्सपोले स्थानीय पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, रैथाने संस्कृति प्रबर्धन गर्नुका साथै जिल्लाको राष्ट्रिय अर्थतन्त्रमा समेत पूर्ण रुपमा कोसेढुंगा सावित भएको आयोजक जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणी कार्कीकोे भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)