उदयपुर, वैशाख ३१ ।
नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुवेर खापुङको शव्द रचना रहेको गीत ‘अजम्वरी जीवन हैन’ सार्वजनिक भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख खापुङले आफ्ना स्वर्गीय दाई त्रैलोक्य खापुङको स्मरणमा रचित गीत सांगीतिक बजारमा आएको हो ।

आईतबार गीतको म्यूजिक भिडियो डिआर प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । आलोक श्रीको संगीत रहेको गीतमा गायक उदय सोताङबाट स्वरबद्ध छ । ७ मिनेट ९ सेकेन्डमा गीतिशैलीमा निर्माण भएको भिडियोको सुरुवातमै डीआईजी खापुङले दाईप्रति श्रद्धाशब्द अर्पण गरेका छन् । ‘अजम्वरी जीवन हैन, सधै बाँच्ने कोही छैन, जिन्दगीको भर के छ र रमाउला भन्दा भन्दै बितिजाने रैछ जीवन ।’ गीतमा भावुक शव्दहरु चयन गरिएको छ ।

म्यूजिक भिडियोमा सुरेश कोहली, स्मारिका ढकाल र रोशन बान्तावाको अभिनय देख्न सकिन्छ । साहस अमात्यले सहायक भूमिका निर्वाह गरेका छन् । दौलत राईको निर्देशन रहेको दृष्य रामचन्द्र राईले क्यामेरामा कैद गरेका हुन् ।

दिन्सोन राईको सम्पादनमा श्रीङ्गार सुवास तिमल्सिना, सह निर्देशन पुनम श्रेष्ठ रहेको भिडियो प्रोडक्सन म्यानेजर आइक्याच स्टुडियोको रहेको छ । दाजुभाईप्रतिको प्रेम र दुःखान्त वियोग झल्किने भिडियो र शव्दप्रति आम दर्शकले भावुक प्रतिक्रिया दिएका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)