उदयपुर । मोटरसाईकल दुर्घटनामा ज्यान गुमाउने उदयपुरका वडाध्यक्ष पदम खड्काको शव गृहजिल्ला ल्याइने भएको छ । जिल्लाको वेलका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ४४ वर्षीय खड्काको उपचारका क्रममा मृत्यु भएको थियो ।
राजधानीस्थित नर्भिक अस्पतालमा वडाध्यक्ष खड्काको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान लगिएको थियो । तर टाउकोमा गम्भीर चोट लागेका कारण थप उपचारका लागि जेठ ३१ गते हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । महाराजगंजस्थित टिचिङ हस्पीटलमा पोस्टमार्टमपछि शव घर ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।