उदयपुर, असार २४ ।
वैदेशिक रोजगारीका लागि उदयपुरबाट दक्षिण कोरिया पुगेका युवाहरुको संस्था ‘उदयपुर सेवा समाज दक्षिण कोरिया’ले ब्रेनट्युमर बिरामीलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ आँपटारकी १२ वर्षीया निमिना राईको उपचारका लागि एक लाख बढी रकम सहयोग गरेको हो ।

हाल काठमाडौंको चावहिलस्थित दीर्घायु हस्पीटलमा उपचारत निमिनाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको र तत्काल उपचारका लागि पारिवारिक अवस्था कमजोर रहेकाले सहयोग जुटाइएको संस्थाका महासचिव जीतन राईले जानकारी दिए । उपचारमा संलग्न डाक्टरलाई उधृत गर्दै पारिवारिक स्रोतले दिएको जानकारी अनुसार अब बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा नियमित किमो चढाउनुपर्ने भएको छ ।

बिरामीको अवस्था जटिल बन्दै गएपछि आर्थिक अवस्थालाई मध्यनजर गर्दै संस्थाले ‘निमिना राई बचाऊ अभियान’ संचालन गरेको थियो । सोही अभियानबाट संकलन भएको रु, एक लाख एक हजार दुईसय रकम बिरामीको परिवारलाई बुझाइएको हो । संस्थाका सल्लाहकार गगन राईको अगुवाईमा संचालित अभियान अवधिभर ३६ जनाले प्रत्यक्ष आर्थिक सहयोग गरेका थिए ।

कोरिया रहेका उदयपुरे युवाहरुको सामूहिक संस्थाले यसअघि पनि बिभिन्न प्राकृतिक प्रकोप, गम्भीर प्रकृतिका बिरामी र रकम अभावमै ज्यान गुमाउने अवस्थामा पुगेकाहरुलाई निरन्तर सहयोग जुटाउदै आएको छ ।

सहयोगदाताहरुको नामावली

1)बिनोद मगर 20,000 वन रौता 5 हात्तिपाइले
2)गगन राई रु 50000 वन रौता 6 बाछला
3)खडिन्द्र राई 50000 वन रौता 5 धोद्रे
4)पुजन राई =25,000 वन जोगिदह त्री न पा
5)बिनोद राई =50,000 वन रौता 6बाछला
6)कमान राई=30,000 वन
7) मन कुमार राई 30000 वन त्री न पा 15 बरुवा
8) कमान सिङ राई 50000 वन रौता ५ कालिमाटि
9) उमेश कटुवाल 51000 वन रौता 6 सिस्नेरी
10 ) जेम्स बान्तावा 25000 वन जोगिदह
11) केशब न्योपाने 50000 वन पुर्ब गापा 2 छाप्दि पाल्पा
12) अशल कुमार राई 25000 वन लिगापा 2 ताम्लिछा
13 केबि राई 25000 वन लिगापा 1
14) नवराज कार्की 21000 वन उदयपुरगडि गापा 5
15) जक्सन राई 20000 वन लिगापा 2
16) समर्पण आले मगर 50000 वन त्रीनपा 15
17) सन्तोश बुढाथोकी 25000 वन त्रीनपा 11
18) राई सुरज किराती 20000 वन ताप्ली गापा 4
19) प्रेम कुमार बस्नेत 20000 वन बेलका 3
20) निर्मला राई 50000 वन रौतामाई 6सिस्नेरी
21) पदम किराँती 25000 वन लिगापा 4 बलम्ता
22) उमेश कुमार राई 30000 वन लिगपा 2
23) रिखीधन राई 30000 वन हलेशीतुवाचुङ 1 खोटाङ
24) जितन राई 25000 वन रौतामाई 3
25) कनक राई 20000 वन लि गा पा 2
26) गजेन्द्र राई 20000 वन बेलबारी 2 मोरङ
27) रमेश खड्का 10000 वन लि गा पा 5
28) प्रकाश आले 15000 वन त्रीनपा 15
29) जनम कार्की 20000 वन त्रीनपा1 जोगिदह
30) टार्जन राई 20000 वन हलेशीतुवाचुङ 5 खोटाङ
31) जीवन कुमार श्रेष्ठ 10000 वन त्रीनपा 11
32) बिजय कुमार राई 50000 वन रौता 6 बाला
33) सन्तोश राई 20000 वन लिगापा 4
34) अर्जुन माङफाङ राई 20000 वन चौनपा 4
35) साजन राई 20000 वन लिगापा 4
36) जिबन घिमिरे 25000 वन चौ न पा 4

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)