उदयपुर । उदयपुरका पछिल्लो ६ महिनामा ४२१ वटा बिभिन्न घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरद्धारा नेपाल मानवअधिकार वर्षपुस्तक–२०२५ प्रकाशन गर्नुपूर्व जिल्लास्थित सरोकारवालासँग अर्धवार्षिक समीक्षाको क्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

सदरमुकाम गाईघाटस्थित संगम सामुदायिक पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रतिनिधि राकेश नेपालीले प्रतिबेदन प्रस्तुत गरेका थिए । शुक्रबार छलफल कार्यक्रममा सार्वजनिक प्रतिबेदन अनुसार उदयपुरमा सबैभन्दा बढी घरेलु हिंसाका ३५१ घटना भएका छन् ।

त्यस्तै २९ जना बालिकामाथि बलात्कार तथा १४ जनामाथि बलात्कारको प्रयास भएको छ । महिला बलात्कार तथा बलात्कार प्रयासका जम्मा १० घटना भएका छन् । जसमा बलात्कार ८ र प्रयास मात्र भएको संख्या २ उल्लेख गरिएको छ । हत्याका ९ घटना दर्ता भएका छन् भने कुटपिटअन्तर्गतका जम्मा ४ वटा मात्र घटना समेटिएको छ । बहुविवाहको घटना पनि ४ वटा मात्र देखिएको इन्सेक जिल्ला प्रतिनिधि नेपालीद्धारा प्रस्तुत प्रतिबेदनमा देखिएको छ ।

यसैगरी तहगत घटना बिवरण अनुसार त्रियुगा नगरपालिकामा सबैभन्दा बढी १५५ घटना भएका छन् । चौदण्डीगढीमा ८७, कटारी नगरपालिकामा ८२, बेलका नगरपालिकामा ६६, उदयपुरगढी गाउँपालिकामा ३० रौतामाई गाउँपालिकामा २२, लिम्चुङ्बुङ गाउँपालिकामा १२ र जिल्लाको सुदूर पहाडी ताप्ली गाउँपालिकामा सबैभन्दा कम ९ मात्र घटना भएका छन् ।

प्रतिबेदनका अनुसार १३ वर्षका किशोरदेखि ५८ वर्ष उमेर समूहका व्यक्ति पनि पीडकको रुपमा संलग्न देखिएका छन् । उल्लेखित अधिकतर घटनाहरुमा आफ्नै हाडनाता, नजिकको छिमेकी, आफन्त र नातेदारबाट नै बढी पीडित हुनेहरुको संख्या बढी देखिएको उल्लेख छ । त्यस्तै उमेरगत आधारमा हेर्दा ४ वर्षीया बालिकादेखि ५६ वर्षीया महिलासम्म बलात्कृत भएको बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)