उदयपुर । देश बाहीरका बिभिन्न शैक्षिक गन्तव्यतर्फ जान चाहनेहरुलाई लक्षित गरी उदयपुर सदरमुकाम गाईघाटमा युरो एसिया एजुकेशन कन्सलटेन्सी प्रालिले शाखा बिस्तार गरेको छ । बिगत १८ वर्षदेखि युरोपसँगै बिभिन्न आधादर्जन बढी विकसित देशहरुमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई उत्कृष्ट परामर्श प्रदान गर्दै आएको युरो एसियाले गाईघाटमा सातौँ शाखा संचालनमा ल्याएको हो ।

पिपलचोकदेखि पूर्व बिजी प्लाजामा अवस्थित शाखा कार्यालय आज एक कार्यक्रमबीच कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभएको हो । युरो एसिया गाईघाट शाखा प्रबन्ध निर्देशक तुलसी चौलागाईका अनुसार युरोपका सबै मुलुकसँगै अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान साउथ कोरिया र न्यूजल्याण्डलगायतको देशमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श दिइनेछ । यसका लागि आईएलटिएस पिटिई सँगै जापान र कोरियाका लागि भाषा कक्षाहरु समेत संचालन हुने शाखा प्रबन्धक सिंह राईले जानकारी दिनुभयो ।

गाईघाटमा शाखा स्थापनासँगै अब विदेश पढ्न जानेहरुले तयारीका लागि काठमाडौं, बिराटनगर, पोखराजस्ता ठूला सहरहरुमा महंगो शुल्क तिरेर धाउनुपर्ने बाध्यता अन्त्य भएको प्रबन्ध निर्देशक चौलागाईले बताउनुभयो । नेपालबाट उच्च शिक्षाका लागि देशबाहीर जाने लहर चलीरहेको बेला गाईघाट बजारमा संचालन भएको शाखाबाट उदयपुरसँगै खोटाङ, ओखलढुंगा, भोजपुर, सिराह र सुनसरीका केही भूभागका सर्वसाधरणले समेत सेवा लिनसक्ने प्रोप्राईटर सूर्य डाँगीको दावी छ ।

उद्घाटन कार्यक्रमको पूरा भिडियो यो लिंक क्लीक गरेर हेर्नुहोस् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)