काठमाडौं, भदौ ३१ ।
नेपालीहरुको महान चाँड दशैं तथा तिहारको अवसरमा जापानमा सांगीतिक कार्यक्रम हुने भएको छ । शैक्षिक तथा रोजगारलगायतको सिलसिलामा जापान बस्दै आएका नेपालीहरुले सांगीतिक साँझसहित आपसमा शुभकामना आदान प्रदान गर्ने भएका हुन् ।

कार्यक्रम नेपाली समय अनुसार यही असोज २० गते आईतबार (अक्टुवर-६) तारिकका दिन आयोजना हुने हाल जापानमै रहेका गायक तथा संगीतकार टम्पशेर राईले जानकारी दिए । जापानमा रहेका नेपाली युवाहरुको संगठन ‘दौतरी जापान’ले आयोजना गर्न लागेको कार्यक्रममा स्थानीय समय अनुसार अपह्रान्ह ४ः०० बजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा चर्चित संचारकर्मी समेत रहेका गायक तथा संगीतकार टम्पशेर राई, गायक प्रथम गुरुङ, बिपन गुरुङ, सुरेश रावल र एजिन राईलगायतको प्रस्तुती रहने आयोजक जापान दौतारीले जनाएको छ । जापानलाई कर्मथलो बनाएर बस्दै आएका सम्पूणर् नेपालीहरुलाई कार्यक्रमस्थल नारितामा उपस्थित हुन आयोजक दौतरी समूहले आग्रह गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)