उदयपुर, असोज ३ ।
पछिल्लो समय अत्यधिक रुचाईएको गीत ‘कट्टा हान्दिन्छु’ गीतकी चर्चित गायिका एलिना चौहानसहित, हास्य कलाकार उमेश राई (फूलन्देकी आमा र लोकस्टार उपाधि विजेता बिनोद दनुवारले उदयपुरमा एकैसाथ सांगीतिक कार्यक्रमका भाग लिने भएका छन् । दशैं-तिहारको अवसरमा उदयपुर स्थानीय संगम समाज नेपाल र आदिम मिडिया प्रालिले संयुक्त रुपमा आयोजना गर्ने सांगीतिक कार्यक्रममा लोकप्रिय तीनै कलाकारले प्रस्तुती दिने भएका हुन् ।
त्रियुगा नगरपालिका वडा नम्बर ७ स्थित चुहाडेमा कार्यक्रम हुने आयोजकमध्ये एक आदिमका सैनध्वज दनुवारले जानकारी दिए । ‘बृहत आदिम-संगम साँझ-२०८१’ कार्यक्रम स्थलमा बिभिन्न जातिहरुको झाँकी पनि प्रदर्शन गरिनेछ । त्यस्तै थारुलगायतका जातिय परिकारको समेत स्वाद लिन पाइने अर्को आयोजक संगम समाज नेपालका अध्यक्ष भगिरथ खड्काको भनाई छ । त्यस्तै स्थानीय कलाकारहरुको पनि गायन तथा नृत्यु प्रस्तुतीहरु रहने बताइएको छ ।