उदयपुुर । उदयपुरमा स्तन क्यान्सर पीडित एक महिलालाई करिब पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर– ९ कि प्रमिला श्रेष्ठलाई देश तथा बिदेशका बिभिन्न ठाउँमा रहेका सामाजिक अभियानताहरुले संकलन गरेको रकम हस्तान्तरण गरिएको हो ।

मंगलबार एक कार्यक्रमबीच पीडितको घरमै पुगेर ‘प्रमिला श्रेष्ठ बचाऊ’ अभियानको क्रममा संकलित चार लाख ९१ हजार ६ सय ५१ रुपैयाँ प्रदान गरिएको हो । अभियान अवधिभर दुई सय ३० जनाले रकम स्वइच्छाले जम्मा गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा त्रिनपा ९ का वडाध्यक्ष अम्वरबहादुर दनुवार, वडासदस्यहरु भुपेन्द्र बुढाथोकी र रेनुका श्रेष्ठ, अभियानता इश्वर बञ्जारा, प्रकाश श्रेष्ठ पत्रकार तथा स्थानीयको उपस्थिती रहेको थियो ।

स्तनमा गाठो आएपछि चेकजाँचका लागि अस्पताल पुगेकी प्रमिलाको रिपोर्टमा क्यान्सर पत्ता लागेको थियो । सो लगत्तै किमो चढाइदै आएको प्रमिलाको घरको आर्थिक अवस्था दयनिय रहेकाले उपचारमा सहज बनाउन आर्थिक संकलन अभियान संचालन गरिएको अभियानता बञ्जाराको भनाई छ ।

पीडित ३७ वर्षीया प्रमिलाकी श्रीमान् अम्मरनारायण श्रेष्ठका अनुसार बिरामीको हाल सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार हुँदै आएको छ । अभियान इश्वर बञ्जारा, प्रकाश बञ्जारा, दिलिप श्रेष्ठ, पुकल श्रेष्ठ, हरि श्रेष्ठ, प्रकाश श्रेष्ठ, रामकुमार राई र केदार आले मगरलगायतले संचालन गरेका थिए । रकम हस्तान्तरणको क्रममा बोल्दै अभियानता इश्वर बञ्जाराले अहिलेसम्म आफू प्रत्यक्ष संलग्न भएर करिब पाँचदर्जन बिरामीका लागि अभियान संचालन गरिसकेको बताए ।

त्यसैगरी आगामी दिनमा पनि पीडितलाई सहयोग गर्न चाहने व्यक्तिले ग्लोबल आईएमई बैंकको खाता नम्बर ०२२०८०१०००१०७७ मा सीधे जम्मा गर्न सकिने बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)