उदयपुर । काठमाडौंमा जारी आन्दोलनमा गएको मौका छोप्दै उदयपुरका ८१ जना शिक्षकहरुको सरुवा भएको छ । लामो समयदेखि राजनीतिक आड र पहुँचको भरमा शिक्षा नीति बिपरित एकै ठाउँ (पायक) मा रोजेर बस्दै आएकादेखि प्रक्रिया पुगेकाहरुलाई एकैसाथ ठूलो संख्यामा सरुवा गरिएको हो ।

जिल्लाको त्रियुगा नगरपालिकाको शिक्षा समितिले प्रधानअध्यापक र शिक्षकहरुको सरुवा गरिएको जनाएको छ । शुक्रबारको कार्यपालिका बैठकमा लामो रस्साकस्सीपछी कार्यपालिकाको बैठकबाट शिक्षक सरुवा अनुमोदन गरिएको हो ।

शिक्षक दरबन्दी मिलान समितिको २०८१ चैत १३ गतेको बैठकले सिफारिस गरेको दरबन्दी मिलानको मापदण्ड र आधारमा स्वीकृत गरी दरबन्दी मिलान समितिले गरेको सिफारिसको आधारमा समितिले सरुवाको निर्णय गरेको हो । जिल्लामा ठूलो संख्यामा सरुवा भइरहदा काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरुले पत्तासमेत नपाएको स्रोतको भनाई छ । समितिका अनुसार सरुवा गरिएका शिक्षक केहिलाई पायक ठाउँदेखि दुगर्मको विद्यालयमा सरुवा गरिएको छ । केहि भने दुर्गम देखि पायक पर्ने ठाउँमा पुगेका छन् ।

यता यति धेरै संख्यामा शिक्षक सरुवा हुँदासम्म सुईको नपाउने शिक्षक संगठनहरुले पछिल्लो समय प्रेस विज्ञप्त सार्वजनिक गर्दै निर्णयप्रति आपत्ति जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)