उदयपुर, असोज २९ ।
हरेक वर्षझै यसपटक पनि उदयपुरमा प्रहरीले गाँजा फडानी सुरु गरेको छ । जिल्लाभित्र अबैध रुपमा रोपिएका व्यवसायिक गाँजा खेती १६८ घण्टा अर्थात एक हप्ताभित्र निमिट्यान्न पार्ने लक्ष्यसहित प्रहरीले नष्ट अभियान थालेको हो ।
प्रहरीले भर्खरै उदयपुर ताप्ली गाउँपालिकाको बिभिन्न वडाहरु गरी १०५ रोपनी क्षेत्रफलमा फैलिएको एक लाख १३ हजार बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बाँकी क्षेत्रमा बाँकी रहेको गाँजासमेत तोकिएकै सातादिनमै सिध्याउने योजना प्रहरीको छ ।
जिल्लाको रुपाटार, ताप्ली, इनामे, भुट्टार, हर्देनी, मैनामैनीलगायतको क्षेत्रमा अत्यधिक गाँजा खेती हुदै आएको छ । सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले गाँजा पाक्न लागेको सूचना पाएसँगै नष्ट गर्न गाउँ गाउँमा अभियान चलाउदै आएको छ ।