साझादर्पण

शुक्रबार, कार्तिक ०३, २०८०

उदयपुर, कात्तिक ३ ।
चाँडपर्व भित्रिएसँगै यात्रुको चाँप बढ्दा उदयपुरमा सवारी आवागमन समेत अस्तव्यस्त बनेको छ । आउजाउ गर्ने यातायातको संख्या बढ्दै जाँदा जिल्लाको भिभिन्न ठाउँमा दुर्घटनाको क्रम समेत बढेको छ ।

सदरमुकामदेखि केही किलोमिटरको दूरीस्थित अधेरी खोलानजिकै हायस दुर्घटना भएको घटना सेलाउन नपाउदै अर्को दिन बिहानै ट्रक पल्टीयो । त्यसलगतै सदरमुकाम गाईघाटको मेनचोकमै हायस र अटो आपसमा ठोकियो । त्यस्तै आज (शुक्रबार) पनि उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ स्थित रामपुर बजारमा बेग्ला बेग्लै दुई यात्रुवाहक बस आपसमा ठोक्कीएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल बजार क्षेत्र भएकाले सामान्य गतिमा रहेका दुई गाडी आपसमा ठोकिदा अगाडिको सबै सिसा फुटेर क्षति पुगेको छ । मानवीय क्षति भने नभएको स्थानीय प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)